लाभांस दर घटाउँदै पुन: बोलायो अपि पावरले साधारणसभा

काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०८०\८१का लागि प्रस्ताव गरेको  लाभांश घटाएको छ। खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका बिधुत नियमन आयोगमा पठाएको थियो । कम्पनीको प्रस्तावित रकम आयोगले वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो।

आयोगबाट प्रस्तावित रकम अस्वीकृत भएसँगै  कम्पनीले चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित रकममा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश  राखेको छ । कम्पनीको जगेडा कोष र शेयर प्रिमियममा रहेको चुक्तापुँजीको ९.५१३५ प्रतिशतबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र त्रबाँकी रहेको ४.२५०३ प्रतिशतले हुन आउने रकम कम्पनीको जगेडा कोष वा शेयर प्रिमियममै कायम रहने कम्पनीले जनाएको छ ।

आयोगबाट अस्वीकृत भएको लाभांस अपी पावरको प्रस्तावित पुनः आयोगमा पुनरावलोकनका लागि निवेदन पेस गरेको छ । आयोगबाट पुनरावलोकन भई निर्णय आएपछि वार्षिक साधारणसभा र बुक क्लोजको मिति पुनः तय गरिने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीको २१ औँ वार्षिक साधारणसभा कात्तिक १ गते आयोजना गर्ने निर्णय गरेको थियो ।

साधारणसभाले अपी पावरको सहायक कम्पनी अपी इन्फ्रामा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने र अपी पावरको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा.) निर्माण विशेष प्रस्ताव अनुमोदन गर्ने पसताब रहेको छ ।

यसैगरी अपी पावरले दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया आयोजना (२८.३ मे.वा.) निर्माण गर्ने र अपी पावरको बहुमत स्वामित्व रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा.)को निर्माण अन्तिम चरणमा भइरहेको उक्त लगानीलाई अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभाको एजेणडा रहेको छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र साधारणसभामा सहभागी हुन पाउनेछन्।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार