प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा  रहेको छ  । बैङ्कले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

शेयर बिक्री गर्ने संस्थापकहरूको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

बैंकले तोकेको उक्त अवधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार