नेपाल बैँकको प्रधानमन्त्री उद्धार कोषमा दुई करोड जम्मा

काठमाडौं । नेपाल बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड रकम दिएको छ । आज बैङ्कका अध्यक्ष सहितको पदाधिकारीको टोलीले प्रधामन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्रीलाई सो चेक हस्तान्तरण गरेको हो  ।

कार्यक्रममा  प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेकोमा धन्यबाद ज्ञापन गर्दै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका थिए । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरेका थिए ।

यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भइसकेको छ  ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार