सडक मर्मतपछि दाउन्नेमा दुईतर्फी यातायात सञ्चालन

Garima_Business-Loan3

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आइतबार बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ । सडक कार्यालय र प्रहरीको सहयोगले सडक खुल्ला गरिएको बताइएको छ भने दुईतर्फी सञ्चालनमा आए सँगै यात्रुहरुलाई दसैंका लागि यात्रा गर्न सहज भएको छ ।

यात्रुबाहक सवारी साधन देखि लिएर मालवाहक सवारीसाधनलाई समेत बाटो खुल्ला गर्ने तयारी गरिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार