दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम सवा ६ अर्ब

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ रहेको छ । जुन बुधबारको तुलनामा कम हो । बुधबार कारोबार रकम ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ रहेको थियो । आइतबार २१९ वटा कम्पनीको शेयर मूल्य बढ्दा २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार १३ वटा समूह सूचकहरु बढेको छ । बैकिङ ३३, विकास बैंक ११५, वित्त १९९, होटल र पर्यटन ११०, जलविद्युत ८५, लगानी २ , जीवन बीमा १७३ अंकले बढेको छ । त्यस्तै उत्पादन र प्रशोधन २२०, लघुवित्त ७२, म्युअुचल फण्ड ०.०३, र्निजीवन बीमा १९२, व्यापार ३२ र अन्य समूह ३३ अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा साहस उर्जा लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेड, नेपाल फाइनान्स, गुडविल फाइनान्स लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । साहस उर्जा लिमिटेडको ६३ करोड ८३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेडको २५ करोड ५७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँ, गुडविल फाइनान्स लिमिटेडको १५ करोड १३ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार