CLI

आइतबार यी हुन् २० उच्च शेयर कारोबार भएका कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ रहेको छ । जुन बुधबारको तुलनामा कम हो । आइतबार २१९ वटा कम्पनीको शेयर मूल्य बढ्दा २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा साहस उर्जा लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेड, नेपाल फाइनान्स, गुडविल फाइनान्स लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । साहस उर्जा लिमिटेडको ६३ करोड ८३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेडको २५ करोड ५७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँ, गुडविल फाइनान्स लिमिटेडको १५ करोड १३ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

Leave Your Comment

Related News