सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै खाद्य

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दैछ । कम्पनीले दसैंका लागि खसी र बोका प्रति किलोग्राम ६६० रुपैयाँ र मुस्ताङ च्याङ्ग्रा प्रतिकिलो १ हजार २२० रुपैयाँमा बिक्री गर्न लागेको हो । खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्यमा प्रतिकिलो ग्राम १० रुपैयाँ छुट सहित उपभोक्तालाई उक्त मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागिएको कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपने सुवेदीले जानकारी दिइन् ।

सुवेदीका अनुसार खाद्यले खसी, बोका र च्याङ्ग्रा काठमाडौं उपत्यकाका लागि प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री वितरण गर्न लागेको हो । काठमाडौं उपत्यकामा मासुजन्य पदार्थको माग धेरै हुने हुदाँ मकवानपुर र दाङबाट खसी बोका र मुस्ताङबाट च्याङग्रा ल्याएको हो । काठमाडौं उपत्यकाका लागि २०८ वटा खसी र बोका र ३०० वटा च्याङग्रा कम्पनीले ल्याएको हो । कम्पनीले मकवानपुर, दाङ लगायतका स्थानबाट १ हजार ५०० वटा खसी र मुस्ताङबाट ३०० वटा च्याङग्रा ल्याएर बेच्ने तयारी गरेको छ ।

कम्पनीले शनिबार बिहान खसी, बोका र च्याङग्राको पहिलो लट काठमाडौं ल्याएको थियो भने सोहि खसी, बोका र च्याङग्रा बिक्री गर्न थालेको हो । कम्पनीले दशैंमा बिक्री लक्ष्य राख्दै खसी, बोका र च्याङग्रा ल्याएको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार