एनपीएल लुम्बिनी लायन्स बाहेक सबैले गुल्सन झा किन्न खोजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिक्रेट टिमका स्टार अलराउण्ड गुल्सनकुमार झा कर्णाली याक्समा आवद्ध भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा गुल्सनलाई किन्न लुम्बिनी लायन्स बाहेक सबैले प्रतिस्पर्धा गरेका थिए ।

तर चिठ्ठामा कर्णाली याकले गुल्सनलाई आफ्नो टिममा राख्न सफल भयो ।

ए क्याटेगोरीका रहेका गुल्सनको न्यूनतम मूल्य १० लाख रुपैयाँ रहेको थियो ।

उनी १५ लाख रुपैयाँमा बिक्री कर्णाली याकमा आवद्ध भएका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार