प्यारासुट एडभान्स्ड बेबी ले निशुल्क बेबी किट बितरण गर्ने

काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादन गर्ने कम्पनी प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन क्षेत्र विस्तारको  घोषणा गर्ने भएको छ  । सुरुवातमा  अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणको क्षेत्रमा काम गरिरहेको  सामाजिक संस्था  पाइलासँग सहकार्य गरेको छ ।

यी दुईको सहकार्यले अत्याधिक खाँचोमा आर्थि अवस्था कमजोर र बिपन्न बर्गका बच्चालाई पोडण सहितका सामाग्री उपलब्ध गराउने छन् । यो अभियान अन्तर्गत नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल रहेको एक हजार बेबी केयर किटहरू वितरण गर्ने जनाइएको छ ।

“हरेक बच्चालाई स्वस्थ जीवनको सुरुवात गर्ने हक छ”, एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भन्नुभयो। “प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहल मार्फत् नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ। यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ।”

नवजात शिशुहरूका लागि डिजाइन गरिएको प्यारासुट एडभान्स्ड बेबीको नयाँ उत्पादन रेन्जमा नरिशिंग क्रीम, टियर-फ्री स्याम्पु, मसाज तेल र रिफ्रेसिङ पाउडर लगायतका उत्पादन रहेका छन् । प्रत्येक उत्पादनमा  भर्जिन नरिवलको तेलले राखिएको  यसले बच्चाहरूको छालाको लागि स्याहार प्रदान गर्न तयार गरिएको  कम्पनीले जनाएको छ : नरिशिंग क्रीमले रातोपन र दागहरूबाट जोगाउन चौबिसै घण्टा मोइस्चराइजेसन प्रदान गर्ने कम्पनीले जनाएको छ , टियर-फ्री श्याम्पूले कपाल कपाल सफा र कण्डिसन गरछ भनि कम्पनीले भनेको छ , उक्त उत्पादनमा भिटामिन ई र एफले समृद्ध मसाज तेलले शरीरको स्वस्थ वृद्धि विकासलाई बढावा दिने र रिफ्रेशिंग पाउडरले जलन-मुक्त आरामका  प्रदान गर्छ भनेर कम्पनीले दावी गरेको छ ।

कम्पनीले आफुहरु शिशुहरूको नाजुक छालाको स्याहार गर्न र उनीहरूलाई समग्र कल्याण प्रदान गर्न समर्पित  भए बताएको छ । एक एक पाइलासँगको सहाकार्यमा  मारिकोले नेपधेरै लका द शिशुहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको बताएको छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार