बाहिरियो यो बर्षको मनसुन

काठमाडौं । यो बर्षको मनसुन नेपालबाट बाहिरिन सुरु गरेको छ आज २०८१ असोज २० (6th October, 2024) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुदै गईरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । नेपालको  मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको जनाएको छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार