बाढीपहिरोको बीमा दाबी रकम ७ अर्ब २८ करोड, कुन कम्पनीमा कति?

काठमाडौं । गत साताको वर्षासँगै आएको विपद्ले निम्तिाएको क्षतिले गरेको नोक्सानीको प्रारम्भिक रकम आंकलन गरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विपद्ले पुराएको क्षतिको प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम बीमकहरुले ७ अर्ब २८ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । ७ अर्ब २८ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको २ हजार ३३७ दाबी संख्याले वर्षाले क्षति पुराएको भन्दै उक्त रकम दाबी गरेको प्राधिकरणले जनाएको छ । बाढीले सबैभन्दा बढी काठमाडौं उपत्यका सहित बाग्मीत प्रदेश र कोशी प्रदेशमा क्षति पुराएको भन्दै सबैभन्दा बढी दाबी रकम र बीमक संख्या सोहि क्षेत्र र प्रदेशमा भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा एक अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको ३१९ दाबी, दि. ओरिएन्टल इन्स्योरेन्स एक अर्ब ४४ करोड १० लाख रुपैयाँ बराबरको १४७ दाबी, हिमालयन एभरेष्ट इन्स्योरेन्स एक १७ करोड ४१ लाख रुपैयाँ बराबरको २१६ दाबी र नेको इन्स्योरेन्स ८९ करोड ८४ लाख रुपैयाँ बराबरको २२३ दाबी परेको छ ।

यस्तै शिखर इन्स्योरेन्समा ४६ करोड ५८ लाख रुपैयाँ बराबरको ३२२ दाबी, नेशनल इन्स्योरेन्समा २३ करोड ६६ लाख रुपैयाँ बराबरको २५ दाबी, आइजिआई प्रूूडेन्सियल इन्स्योरेन्समा २० करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको २४८ दाबी र नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँ बराबरको १२८ दाबी परेको छ ।

साथै, एनएलजी इन्स्योरेन्समा १२ करोड ६ लाख २० हजार रुपैयाँ बराबरको ६० दाबी, युनाइटेड इन्स्योरेन्समा ७ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको १७० दाबी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६३ करोड रुपैयाँ बराबरको २९१ दाबी, प्रभु इन्स्योरेन्समा ४ करोड १७ लाख १६ हजार रुपैयाँ बराबरको ८३ दाबी र सानिमा इन्स्योरेन्समा २ करोड ८६ लाख ९५ हजार रुपैयाँ बराबरको ८८ दाबी परेको परेको प्राधिकरणको रिपोर्टमा देखिन्छ ।

स्टार माइक्रो इन्स्योरेन्समा ६१ लाख ३६ हजार रुपैयाँ बराबरको ७ दाबी, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ९ लाख २० हजार रुपैयाँ बराबरको ४ दाबी, नेपाल माइक्रो इन्स्योरेनसको ४ लाख रुपैयाँ बराबरको ३ दाबी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स १ लाख ३० हजार रुपैयाँ बराबरको ३ दाबी संख्या रहेको प्राधिकरणले जनाएको छ ।

इन्जिनियरिङ्ग तथा ठेकदार जोखिम, कृषि बाली बीमा, पशुपन्छी, मोटर बीमा , सम्पत्ति र सामुद्रिक बीमा शीर्षकमा उक्त रकम दाबी गरेका हुन् ।

इन्जिनियरिङ्ग तथा ठेकदार जोखिममा ७१ करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको १४९ दाबी, कृषि बाली बीमामा ४३ लाख ६७ हजार रुपैयाँ बराबर १९ दाबी, पशुपन्छी बीमामा १ करोड १५ लाख ८२ हजार रुपैयाँ बराबर १९ दाबी, मोटर बीमा (निजी) २७ करोड ३० लाख ६१ हजार रुपैयाँ बराबर ५४३ दाबी, मोटर बीमा (सार्वजनिक) १५ करोड ४५ लाख ६० हजार रुपैयाँ बराबर २४६ दाबी, विविध (कैफियतमा उल्लेख गर्ने) १४ लाख ९५ हजार रुपैयाँ बराबर ८ दाबी, सम्पत्ति बीमा ६ अर्ब ११ करोड ५१ लाख ८७ हजार रुपैयाा बराबर १ हजार २५८ दाबी र सामुद्रिक बीमा ९३ लाख २३ हजार रुपैयाँ बराबर १८ दाबी संख्या रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार