एनपीएल: १२ खेलाडी १५ लाखमा बिके, (सूची सहित)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १२ खेलाडी अधिकतम मूल्य १५ लाख रुपैयाँमा बिक्री भएका छन् । ए क्याटेगोरीमा रहेका २७ खेलाडी मध्ये १२ जना खेलाडी अधिकतम मूल्य १५ लाख रुपैयाँमा बिक्री भएका हुन् । ए क्याटेगोरीमा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको थियो ।

ए क्याटेगोरीमा रहेका खेलाडीहरुलाई आफ्नो टिममा राख्न फ्रेन्चाईजबीच तीब्र प्रतिस्पर्धा हुँदा उनीहरु महँगो मूल्यमा बिक्री भएका हुन् ।

१५ लाखमा बिकेका खेलाडी र उनीहरुको टिम

सूूर्य तामाङ, विवेक यादव र सन्दीप जोरा (लुम्बिनी लायन्स)

साहब अलाम र भीम सार्की (काठमाडौं गुर्खाज)

लोकेश बम र प्रतिश जिसी (विराटनगर किंग्स)

ललितब नारायण राजवंशी र अनिल साह (जनकपुर बुर्स)

सागर ढकाल र आरिफ शेख (सुदुरपश्पिच रोयल्स)

गुलशन झा (कर्णाली याक)

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार