सानिमा लिमिटेडको आईपीओ आउने

Garima_Business-Loan3

काठमाडौं । सानिमा लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साभारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा कात्तिक १४ गते कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

सभामा सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार