CLI

३७ अंकले बढ्यो नेप्से, करिब १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा ९५ करोड ७७ लाख ४७ हजार रुपैयाँले बढी हो । आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

सोमबार १३ वटा समूह सूचकहरुमध्ये ११ वटा समूह बढ्दा २ वटा घटेको छ । बैकिङ २९, विकास बैंक ६३, होटल र पर्यटन २२९, जलविद्युत ३४, लगानी २ , जीवन बीमा १४५ अंकले बढेको छ । त्यस्तै लघुवित्त ७५, म्युअुचल फण्ड ०.०७, र्निजीवन बीमा ११५, व्यापार ५२ र अन्य समूह ५३ अंकले बढेको छ । भने वित्त २४ र उत्पादन र प्रशोधन ९४ अंकले घटेको छ ।

सोमबार १७६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ । सोमबार सबैभन्दा बढी कारोबार हुनेमा चन्द्रागिरी हिल्स लिमिटेड, , एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेड, हिमालनय रिइन्स्योरेनस,नेपाल फाइनान्स र गुडविल फाइनान्स लिमिटेड रह्यो । चन्द्रागिरी हिल्स लिमिटेडको २६ करोड २३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेडको २४ करोड ११ लाख रुपैयाँ, हिमालनय रिइन्स्योरेनसको २३ करोड ७८ लाख रुपैयाँ, नेपाल फाइनान्सको २३ करोड ५१ लाख रुपौँ र गुडविल फाइनान्स लिमिटेडको २३ करोड ८ लाख रुपैयाँ कारोबार रकम रहेको छ ।

आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेर बन्द भएको थियो । भने क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेर बन्द भएको थियो ।

Leave Your Comment

Related News