CLI

सोमबार यी हुन् २० सर्वाधिक करोबार गर्ने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा ९५ करोड ७७ लाख ४७ हजार रुपैयाँले बढी हो । आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

सोाबार १७६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा चन्द्रागिरी हिल्स लिमिटेड, , एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेड, हिमालनय रिइन्स्योरेनस,नेपाल फाइनान्स र गुडविल फाइनान्स लिमिटेड रह्यो । चन्द्रागिरी हिल्स लिमिटेडको २६ करोड २३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एड डेभलपमेन्ट लिमिटेडको २४ करोड ११ लाख रुपैयाँ, हिमालनय रिइन्स्योरेनसको २३ करोड ७८ लाख रुपैयाँ, नेपाल फाइनान्सको २३ करोड ५१ लाख रुपौँ र गुडविल फाइनान्स लिमिटेडको २३ करोड ८ लाख रुपैयाँ कारोबार रकम रहेको छ ।

Leave Your Comment

Related News