दशैंमा नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न नेपाल राष्ट्र बैङ्कको अनुरोध

काठमाडौं । सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भनेर  नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ ।

सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सहयोग पुग्छ । नोटहरू जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुन्छ । नोट हाम्रो सभ्यताको पहिचान पनि भएकोले यसलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य भएको राष्ट्र बैङ्कले जनाएको छ

दसैँमा देवीको प्रसादको रूपमा टीका, जमरासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपूर्वक प्रयोग गर्नुहुन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको  छ  । साथै  दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गरी डिजिटल कारोबार बढाउन पनि नेपाल राष्ट्र बैङ्कले अनुरोध गरेको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार