नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं—भैरहवा—काठमडौं उडान गर्ने भएको छ ।

आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ ।  आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । उनकाअनुसार विमानमा ३० केजीको लगेज लैजान पाउनेछन् । त्यस्तै सोही दिन साढे १२ बजे आर.ए—१७४३ उडान नम्बरमा भैरहवा—काठमाडौं उडान भर्ने र ३ हजार ८ सय भाडादर कायम गरिएको बताए । यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने-आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको  अवस्थामा निगमले वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनी वडादशैंको फुलपातीको  सो सेवा दिन लागेको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार