४ लघुवित्त कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्था रहेका छन् ।

गुराँस लघुवित्त, आशा लघुवित्त र फरवार्ड लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश दिएका छैनन् । भने स्वाबलम्बन लघुवित्तले भने अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीलाई १२.३५९९ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.६५०५ प्रतिशत नगद लाभांश गरी कुल १३.०१०४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस आधारमा गत वर्षको तुलनामा यस वर्ष स्वाबलम्बनले लाभांश दर केही बढाएको छ । स्वाबलम्बनले आव २०८०८१ सम्मको मुनाफाबाट यस वर्ष १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै गुराँसले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २९ गते साधारण सभा बोलाएको छ । सभा धनकुटा नगरपालिका वडा नम्बर १, हिलेस्थित होटल कान्जिरोवामा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् ।

त्यस्तै, आशाले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, फरवार्ड लघुवित्तले १३.३ प्रतिशत बोनस शेयर र ०.७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यसैबीच ५० लघुवित्त कम्पनीमध्ये हालसम्म ४ वटाले मात्रै गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार