CLI

राष्ट्र बैंकद्धारा सुनचाँदीका सिक्का बिक्री सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ र तिहारमा सर्वसाधारणलाई सुनचाँदीजस्ता बहुमुल्य धातुहरुबाट बनेको सिक्का बिक्री खुला गरेको छ।

बैंकले टक्सार महाशाखाबाट सर्वसाधारणले सुपथ मूल्यमा किन्ने व्यवस्था गरेको हो। बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिले टक्सार महाशाखाबाट टकमरी बिक्री सुरु गरेको जनाएको छ।

बैंकले २० प्रकारका सुन, चाँदीका सिक्काहरु बिक्रीमा राखेको छ। बैंकले न्यूनतम १० ग्राम र अधिकतम २५ ग्रामसम्मका सिक्काहरु बिक्रीमा राखेको हो।

सर्वसाधारणले २ हजारदेखि ७ हजार ९५० रुपैयाँसम्म मूल्य तिरेर उक्त सिक्का किन्न सक्नेछन्।

 

Leave Your Comment

Related News