काठमाडौं । साताको दुई दिन निरन्तर बढेको शेयर बजार साताको तेस्रो दिन आइपुग्दा भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५५ अंकले घटेर ४८०.२३ विन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार ३०० वटा कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ रह्यो । जुन सोमबारको तुलनामा २ अर्ब ५० करोड २२ लाख रुपैयाँले कमी हो । सोमबार ३०५ वटा कम्पनीको कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
मंगलबार ३५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालनय रिइन्स्योरेनस, एनआइसी एशिया बैंक र गुडविल फाइनान्स लिमिटेड रह्यो । एनएलजी इन्स्योरेन्सको २७ करोड १७ लाख, नेपाल फाइनान्सको २३ करोड ९७ लाख, हिमालनय रिइन्स्योरेनसको १३ करोड ७६ लाख, एनआइसी एशिया बैंकको १२ करोड ८६ लाख र गुडविल फाइनान्स लिमिटेडको १० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।