संस्थापक, शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक र शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने भएका छन् । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज (सोमबार) बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृति निर्देशन जारी गर्दै संस्थापक र शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाकोचुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन ।’

यस अघिको व्यवस्थामा इजाजतपत्रप्राप्त संस्थाका संस्थापक समूहका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था थियो ।

राष्ट्र बैंकले चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुको विवरण इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रुपमा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश निर्देशन पनि दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार