दशैंमा मासु खाँदा यी १० कुरामा ध्यान दिनुहोस्

Garima_Business-Loan3

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैं सुरु भइसकेको छ । दशैंलाई हिन्दू धर्मावलम्बी तथा नेपालीहरुले मिठो मसिनो खाएर रमाइलो चाडको रुपमा मनाउँदै आएका छन् ।

दशैंकको माछामासुमा रुची राख्नेहरुले फुलपाती सुरु भएदेखि नै घरमा विभिन्न प्रकारको मासुका परिकार तयार गरेर खाने गर्छन् । अन्य समयको तुलनमा दशैंमा धेरै मासु खाने गरिन्छ । त्यसैले दशैंमा मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यी १० कुरामा ध्यान दिऔं–

१ दशैंमा साकाहारी वा मांसाहारी खाना खानु तपाईको इच्छा हो ।

२ बोंसो, छाला नखानुहोला । आंखाले देखेसम्म बोंसोलाई छानीछानी निकालेर मात्र मासु पकाउनुहोस् । अन्यथा झोलमा पग्लिएको बोंसोले कोलेस्टेरोल बढाउंछ ।

३ मासु ताजा मात्र खानुहोला । आजको आजै, भोलिको भोलि किन्नु उपयुक्त हुन्छ ।

४ रक्ति, आन्द्राभुंडी नखानुहोला ।

५ मासु खांदा १ भाग मासु, १ भाग हरियो तरकारी, एक भाग सलाद अनि १ भाग खाना खानुहोला ।

६ दही, मही, फलफूल, कागती पानी प्रशस्त खानुहोला ।

७ दिनको १ घंटा हिड्नुहोला ।

८ मदिरा सेवन गर्नेले सलाद तथा फलफूलसंग ठिक्क मात्रामा दिनको १ पटक मात्र सेवन गर्नुहोला । दिनमा १ पटक भन्दा बढी मदिरा सेवन गर्दा हानिकारक हुन्छ ।

९ सुगर, प्रेसर तथा मुटुको रोग भएकाले बोंसो तथा छालारहित ३–४ टुक्रा मासु खान हुन्छ । लोकल कुखुरा, हाँस, लौकाट, टर्की, माछाको मासु स्वस्थकर हुन्छ ।

१० भोक लागेपछि मात्र खाना खाने गर्नुहोला । यसो गर्दा पाचनको समस्या हुँदैन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार