प्रभुु स्टक मार्केटले मंसिर २ गते साधारण सभा गर्दै

Garima_Business-Loan3

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडले मंसिर २ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

धितोपत्र दलाल व्यवसायी (ब्रोकर)का रूपमा सञ्चालित यस कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौंमा अपराह्न ३ः३० बजे सभा गर्ने निर्णय गरेको हो । असोज २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सञ्चालकहरूको नियुक्ति गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीको नियमावली संशोधन गर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार