यी तिनले पाए यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोबिन्सनलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

संस्थाहरूको निर्माण र तिनले कसरी समृद्धिलाई प्रभावित गर्छन् भन्ने अध्ययनका लागि अर्थशास्त्री त्रयलाई पुरस्कृत गर्न लागिएको हो ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले पुरस्कार घोषणा गर्दै भनेको छ, ‘उनीहरूको अनुसन्धानले हामीलाई संस्थाहरूको महत्त्व बुझ्न र समाजमा आर्थिक वृद्धिलाई बढावा दिन कसरी काम गर्न सकिन्छ भन्ने बारेमा गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ।’

असिमोग्लु, जोनसन र रोबिन्सनको अनुसन्धानले कुनै पनि देशको आर्थिक वृद्धि र समृद्धि त्यहाँका संस्थाहरू कस्ता छन् भन्ने कुरामा निर्भर गर्दछ भन्ने कुरा देखाउँछ । उनीहरूले इतिहासका विभिन्न कालखण्ड र विश्वका विभिन्न भागहरूमा भएका घटनाहरूको अध्ययन गरेर यस बारे निष्कर्ष निकालेका हुन्।

उनीहरूका अनुसार समावेशी र प्रभावकारी संस्थाहरू भएका देशहरूमा आर्थिक वृद्धि हुने सम्भावना बढी हुन्छ ।

डारोन असिमोग्लु म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा आवद्ध छन् भने साइमन जोनसन एमआईटी स्लोन स्कूल अफ म्यानेजमेन्टमा आवद्ध छन् । अर्थशास्त्री जेम्स रोबिन्सन भने हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री हुन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार