CLI

आज रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। यसका साथै कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ।

यी प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक ११ गतेलाई १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

 

Leave Your Comment

Related News