काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। दशै बिदा लगत्तै सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको हो । यसअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेकोमा आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ। यो बीचमा दसैँ विदाका कारण कारोबार बन्द थियो।
यहीँ असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ। दसैँअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ।