दशैँ पछि पहिलो काराेबारमा नेप्से दोहोरो अंकले बढ्याे

काठमाडौं । दशैँ बिदा पछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक  दोहोरो अंकले बढेको छ । आज मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा पुगेको छ ।

आज कारोबार रकम भने बढ्न सकेन । आज ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता शेयर कारोबार हुँदा जम्मा ३ अर्ब ६ करोड २३ लाख ३७ हजारको कारोबार भएको छ ।

आज जानकी फाइनान्स र मिथिला लघुत्तिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा भने कारोबार सुरु हुनासाथ नकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

परिवर्तन गरिएकाे

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार