वित्तीय संस्थाको अन्तर बैंक औसत ब्याजदर ३.०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८१\८२ को पहिलो २ महिनाको आर्थिक तथा बित्तिय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बित्तिय स्थिती अनुसार २०८० भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत रहेको छ २०८१ भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.४९ प्रतिशत,विकास बैंकहरुको ९.१५ प्रतिशत र वित्त कम्पनीहरुको १०.६५ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको औसत आधारदर १०.१४ प्रतिशत, विकास बैंकहरुको १२.१२ प्रतिशत र वित्तकम्पनीहरुको १३.५२ प्रतिशत रहेको थियो ।

२०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत, विकास बैंकहरुको ६.३१ प्रतिशत र वित्त कम्पनीहरुको ७.५५ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०६ प्रतिशत, विकास बैंकहरुको ९.४३ प्रतिशत र वित्त कम्पनीहरुको १०.२७ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ भदौमा वाणिज्य बैंकहरुकोकर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार