CLI

कार्तिक महिनाको लागि बाणिज्य बैङ्कको ब्याजदर १० ले घटाए ९ को पुरानै कायम

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर केअहिले  घटाएका छन्  भने केहीको असोज महिनाको ब्याजदर कायम राखेका छन्  असोजमा २० वाणिज्य बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि ६.१८ प्रतिशतमा घटेको  छ । भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो । बैङ्कहरुले प्रत्येक महिनाको अन्तिम दिन आगामी महिनाको लागि ब्याजदर निर्धारण गरेर सार्ँजनिक सुचना प्रकाशित गर्ने गरेका छन् ।

कात्तिक महिनाको लागि  सानिमा बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ । १०  बाणिज्य बैंकले  ब्याजदर घटाएका छन् भने ९ बैंकले असोज महिनाकै ब्यादर कायम  राखेका छन् ।

कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र हिमालयन बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।

ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक र प्रभु बैंकको ब्याजदर अघिल्लो महिनाको दर नै कायम रहेको छ  ।

 

Leave Your Comment

Related News