दाउन्ने एग्रो फार्मले आईपीओ ल्याउने

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले साधारण शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनी विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो। सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन ।

सो कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेड अन्र्तगतको नेपाल अपरच्युनिटी फन्ड – १ को समेत लगानी रहेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

वि.स. २०७४ सालमा स्थापना भएको दाउन्ने एग्रो फार्म नेपालकै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने कम्पनीे हो ।  कम्पनीले ४,००,००० लेयर्स कुखुराबाट प्रतिदिन १७०० कार्टुन “एन्टिबायोटिक फ्री”एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश शहरी,अर्ध शहरी, एवम् पर्यट्कीय क्षेत्रमा बिक्री वितरण गर्दै आईरहेको छ । उक्तफार्मले भविष्यमा कुल ६,००,००० कुखुराबाट प्रति दिन २,६०० कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको छ । दाउन्ने एग्रो फार्म विनयीत्रिवेणी गाँउपालिका वडा नं. ३, सर्दी, नवलपुर जिल्ला, गण्डकी प्रदेशमा अवस्थित छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार