अन्तराष्ट्रिय विमानस्थल भन्सारबाट १ लाख अमेरिकी डलर सम्मको सामान आयात गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीहरुले महँगा सामग्री आयात गर्दा अन्तराष्ट्रिय विमानस्थल भन्सारबाट १ लाख अमेरिकी डलर सम्मको सामान आयात गर्न सक्ने बताएको छ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०८० मा संशोधन/परिमार्जन गर्दै उक्त व्यवस्था गरेको हो ।

जसमा व्यवसायीहरुले हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालैविदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने छ । संशोधन अघि भने हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालैविदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था गरिएको थियो ।

प्रो–फर्मा इन्भ्वाइस वा अन्य कागजातको आधारमा अग्रिम तथा आंशिक रूपमा समेत यस्तो सटही सुविधा प्रदान गर्न सकिने छ । यसरी आंशिक रूपमा सटही सुविधा प्रदान गरेको अवस्थामा पूरै रकमको सटही प्रदान गरिसके पछि वा आयातकर्ताले सटही सुविधा लिएको रकम मात्रको मालसामान आयात हुने व्यहोरा उल्लेख गरी निवेदन दिएको अवस्थामा सटही मिति र रकम समेत उल्लेख गरी सटही प्रदान भएको पूरै रकमको विवरण पत्रहरु जारी गर्नु पर्नेछ । अग्रिम भुक्तानी रकमबाट पटके ढुवानीको माध्यमबाट आयात हुने भएमा सम्बन्धित आयातकर्ताको निवेदन बमोजिम पटके ढुवानी हुने रकमसम्मको विवरण सहित जारी गर्न सकिनेछ । संशोधन अघि भने भुक्तानीका स्पष्ट शर्तहरू उल्लेख भएको प्रो–फर्मा इन्भ्वाइस वा अन्य कागजातको आधारमा अग्रिम तथा आंशिक रूपमा समेत यस्तो सटही सुविधा प्रदान गर्न सकिने छ । यसरी आंशिक रूपमा सटही सुविधा प्रदान गरेको अवस्थामा पूरै रकमको सटही प्रदान गरिसके पछि वा आयातकर्ताले सटही सुविधा लिएको रकम मात्रको मालसामान आयात हुने व्यहोरा उल्लेख गरी निवेदन दिएको अवस्थामा सटही मिति र रकम समेत उल्लेख गरी सटही प्रदान भएको पूरै रकमको विवरण ४(ग) जारी गर्नु पर्नेछ । अग्रिम भुक्तानी रकमबाट पटके ढुवानी (सीपमेन्ट) को माध्यमबाट आयात हुने भएमा सम्बन्धित आयातकर्ताको निवेदन बमोजिम पटके ढुवानी हुने रकमसम्मको विवरण ४(ग) समेत जारी गर्न सकिने व्यवस्था गरिएको थियो ।

संशोधित व्यवस्था अनुरुप सामान आयात वा निर्यातको सिलसिलामा पोर्ट अथोरिटी, ढुवानी÷कन्टेनर सेवा प्रदायक वा सोसम्बन्धी कार्य गर्ने निकाय÷संस्थामा तिर्नु पर्ने ‘डेमुरेज’ तथा डिटेन्सन’ शुल्कको लागि सम्बन्धित आयात÷निर्यातको लागि जारी भएको ढुवानीसम्बन्धी कागजातको प्रतिलिपि र सो ढुवानी कागजातको नम्बर समेत उल्लेख भई सम्बन्धित निकाय÷संस्थाबाट जारी भएको बिल बजकको आधारमा सटही प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । संशोधन अघि भने सामान आयात वा निर्यातको सिलसिलामा पोर्ट अथोरिटी वा सो सम्बन्धी कार्य गर्ने निकायमा तिर्नु पर्ने ‘डेमरेज ’ शुल्कको लागि
सम्बन्धित आयात÷निर्यातको लागि जारी भएको ढुवानीसम्बन्धी कागजातको प्रतिलिपि र सो ढुवानी कागजातको नम्बर समेत उल्लेख भई सम्बन्धित निकायबाट जारी भएको बिल बिजकको आधारमा सटही प्रदान गर्न सकिने व्यवस्था गरिएको थियो ।

परिपत्र हेर्नका लागि तलको लिंकमा क्लिक गर्न सकिनेछ

एकीकृत परिपत्र–२०८० मा संशोधन/परिमार्जन

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार