बर्षा रोकिएसँगै क्रमश घट्न थाल्यो फलफुल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य १४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १३५ रहेको छ जुन हिजोको मूल्यमा ६.९० प्रतिशत कम हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ६१.६७ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ७५  रहेको छ  । जुन हिजोको मु॥य भन्दा २१.६२ प्रतिशत बढी हो । गोलभेडा सानो टनेलको मूल्य आज बढेको  छ हिजो प्रति केजी औसत मूल्य ७३.७५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ८८.३३ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको भन्दा १९.७७ प्रतिशत बढी हो ।

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ९६ औसत मूल्य कायम भएको छ । जुन हिजोको मुल्य भन्दा १.७१ प्रतिशत कम हो । आलु रातो भारतीयको मूल्य घटेको  छ हिजो प्रति केजी ६१ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.३३ रुपैयामा कारोबार भइरहेको छ ।  आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ८२.३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ७७.६७ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्य भन्दा ५.६६ प्रतिशत कम हो  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो प्रतिकेजी औसत मुल्यरुपैँया प्रति केजी १०४  कायम भएकोमा आज घटेर औसत मूल्य १०२.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ  ।  हिजो प्रति केजी १६० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १२८.३३ रुपैँया कायम छ । जुन हिजोको तुलनामा १९.७९ प्रतिशत कम  हो ।

गाजर तराइको मूल्य घटेको छ  हिजोको बजारमा प्रतिकेजी औसत मूल्य१६० रहेको गाजर तराइ आज पनि प्रति केजी औसत मूल्य ११०  रहेको छ । जुन हिजोको तुलनामा २५.८४ प्रतिशत कम हो

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य हिजोको मुल्य कायम  छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ४५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर हो ।

काउली स्थानीयको मूल्य थोरै बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११० रुपैँया कायम भएकोमा आज प्रति केजी ११५ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा ४.५५ प्रतिशत बढी हो  । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १३० रुपैँया प्रति केजीमा कारोबार भएको काउली ज्यापु आज १२५ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य भन्दा ३.८५  प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा २८.५७ प्रतिशत बढी हो । मुला सेतो लोकलको  मूलय बढेको छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य ३५ कायम छ जुन हिजोको मूल्य भन्दा ४० प्रतिशत बढी हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रहेको छ । जुन हिजोको तुलनामा २२.२२ प्रतिशत कम हो ।  भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९०रुपैँया कायम भएकोमा आज बढेर प्रति केजी औसत मूल्य९५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा १८.१८ प्रतिशत कम हो  । घिउ सिमि लोकलको मूल्य बढेको हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको घिउसिमि लोकलको मूल्य आज प्रति केजी औसत मूल्य ८५ रुपैँया पुगेको छ जुन हिजोको मूल्य भन्दा ३०.७७प्रतिशत बढी हो

भटमास कोशाको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ७५ पुगेको छ जुन हिजोको तुलनामा १०.५३ प्रतिशत कम हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ६५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको तुलनामा १५.३८ प्रतिशत बढी हो ।

घिरौला को मूल्य आज अघिल्लो दिनको मूल्य घटेको छ । हिजो प्रति केजी ७५ रुपैँया  प्रतिकेजी कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ६५ भएको छ जुन हिजोको १३.३३ प्रतिशत कम  हो । फर्सि पाकेको मूल्य आज हिजोको मूल्य कायम रहेको  छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आज सोही मूल्य कायम भएर ५५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियोको मूल्य आज प्रति केजी औसत मूल्य ६५  रुपैँया छ । स्कुसको मूल्य हिजोको मुल्य कायम छ  हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको स्कुस आज २५ रुपैँया प्रति केजी औसत मूल्य पुगेको छ जुन हिजोको तुलनामा बराबर हो ।

रायो सागको मूल्य थोरै घटेको छ हिजो प्रति केजी औसत मूल्य १३८.७५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य १३६.६७ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा १.५० प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १५२ प्रति केजी भएकोमा आज मूल्य सोही मूल्य बढेर प्रति केजी १५३.३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी २७६.६७ मूल्य रहेकोमा आज २६६.६७ पुगेको छ जुन हिजोको मुल्य भन्दा ३.६१ प्रतिशत कम हो  ।

कुरिलोको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ५५० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ५०० रहेको छ जुन हिजोको मूल्य भन्दा ९.०९ प्रतिशत कम हो  ।

ब्रोकाउलीको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १५० कायम भएको ब्रोकाउली आज प्रति केजी औसत मूल्य ११६.६७ रुपैँया छ । जुन हिजोको तुलनामा २२.२२ प्रतिशत कम हो ।

कागतिको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २२६.६७   कायम भएकोमा आज सोही मूल्य घटेर  प्रति केजी औसत मूल्य २२६.६७ कायम भएको छ जुन हिजोको मूल्यमा १८.०७ प्रतिशत कम हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ९५ रुपैँया रहेको काक्रो लोकल आज औसत मूल्य १२५ छ जुन हिजोको मूल्य भन्दा ३१.८५ प्रतिशत बढी हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४०.६७ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ५५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य ३५.२३ प्रतिशत बढी हो ।

नासपाति चाइनिजको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य २७५ रुपैँया रहेको नासपाती आज प्रति केजी २७५ रुपैँया रहेको छ । मेवा नेपालीको मूल्य यथावत छ हिजो प्रतिकेजी ५५ रुपैँया रहेको मेवा नेपाली को आज पनि सोही मूल्य कायम छ । मेवा भारतीय को मूल्य यथावत छ हिजो प्रतिकेजी ९५ रुपैँया रहेको मेवा भारतीय को आज पनि सोही मूल्य कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार