चार वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत १९ वटा वाणिज्य बैंकमध्ये हालसम्म ४ वटाले लाभांश घोषणा गरेका छन् ।

बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गर्ने बैंकमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकको रहेको छ । एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो । एभरेष्ट बैंकले लाभांश घोषणा गरेर साधारणसभा सकेर लगानीकर्तालाई नगद लाभांश वितरण गरिसकेको छ । बोनस शेयर पनि दशैं पछि दिने तयारीमा बैंक रहेको छ । बैंकको लाभांश १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

सानिमा बैंक ५.२६६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

सिटिजन्स बैंक ४.२१ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

साथै ग्लोबल आईएमई बैंक ५.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार