सुन हालसम्मको सर्वाधिक महँगो

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार छापावाल सुन हालसम्मको उच्च मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ प्रति तोला पुगेको छ ।

बिहीबार छापावाल सुन उच्च मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन प्रति तोला २ हजार रुपैयाँले बढेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रति तोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार