३ महिनामा १६ अर्ब ४४ करोड विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको असोजमसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरुप १६ अर्ब ४४ करोड १३ लाख १६ हजार रुपैयाँ आएको हो । सो प्रतिवद्धता २०४ वटा उद्योग स्थापना र ६ हजार ५४३ जनालाई रोजगारी सहित आएको हो । लगानी प्रतिवद्धता आएको मध्ये १२८ वटा सना, १ जटा मध्यम र २ वटा ठूला उद्योग रहेको विभागले जनाएको छ । विभागका निर्देशक शंकर सिंह धामीका अनुसार समग्रमा उक्त लगानी प्रतिबद्धता जनाएका हुन्  ।

विभागका अनुसार स्वचालित मार्गबाट आएको लगानी प्रतिबद्धतामा सबैभन्दा बढी पर्यटनमूलक उद्योगका लागि आएको छ । पर्यटनमूलकमा ३२ करोड रुपैयाँ, सूचना प्रविधिमूलकमा २९ करोड ८५ लाख ५० हजार रुपैयाँ, सेवामूलकमा २८ करोड रुपैयाँ, उत्पादनमूलकमा ७ करोड ५० लाख रुपैयाँ र पूर्वाधारमूलकमा ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता ९ वटा पर्यटनमूलक, ५५वटा सूचनाप्रविधमूलक, ५ वटा सेवामूलक, २ वटा उत्पादनमूलक र २ वटा पूर्वाधारमूलक गरी कुल ७३ वटा उद्योगको लागि आएको हो ।

त्यस्तै विभागका अनुसार असोजमा मात्रै विदेशी लगानी प्रतिबद्धतास्वरुप ३ अर्ब ४५ करोड ६३ लाख ५६ हजार रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता ५५ वटा उद्योग स्थापना तथा १ हजार ५४० जनालाई रोजगारीको उद्देश्यसहित आएको हो । असोजमा ३ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धता ३३ वटा साना र १ वटा मध्यम उद्योग स्थापनाको लागि आएको हो । समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरुले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको छन् । चालू आर्थिक वर्ष असोजमसान्तसम्म २४ वटा उद्योगको लागि १ अर्ब ११ करोड ६१ लाख १५ हजार रुपैयाँबराबरको एसपीए र एसएसए गरिएको छ । असोजमा मात्र ८ वटा उद्योगका लागि ५१ करोड ९८ लाख ५३ हजार रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको असोजसम्म १० वटा र असोजमा मात्र २ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ ।

विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम २ करोड रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक लगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार