अन्तिम त्रैमासमा आर्थिक वृद्धि २.१ प्रतिशत रहने

Garima_Business-Loan3

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र सुस्त रहेको बताए पनि त्यसले आर्थिक वृद्धिदरलाई प्रभावित नबनाएको देखिएको छ । व्यवसायीहरुले बजारमा माग नबढेको भन्दै अर्थतन्त्र चलायमान हुन नसकेको बताउदै आएका थिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले गत आर्थिक वर्षको चौथो त्रैमासमा आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने बताएको छ । जुन अघिल्लो वर्षको सोहि समयमा गरिएको तुलना हो ।

चौथो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायात, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ गएको बताइएको छ ।

कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा १ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । यसो हुनमा भने औद्योगिक क्षेत्रमा आएको सुधार रहेकोे बताइएको छ । समीक्षा अवधिमा कृषि, वन र मत्स्य क्षेत्र ३.२ प्रतिशत, खानी तथा उत्खनन क्षेत्र ३.३ प्रतिशत, उत्पादन क्षेत्र १.१ प्रतिशत, खानेपानी र फोहोर व्यवस्थापन क्षेत्र १.७ प्रतिशत, होलसेल र खुद्रा र सवारीसाधन मर्मत सम्भार क्षेत्र २ प्रतिशत, यातायात र भण्डारण १०.९ प्रतिशत, अतिथ्य र खाना सेवा क्षेत्र १२.३ प्रतिशत, वित्त र बीमा क्षेत्र ६.२ प्रतिशत, घरजग्गा क्षेत्र ३ प्रतिशत, व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्र ३.३ प्रतिशत, प्रशासन र सेवा क्षेत्र ५.८ प्रतिशत, जनप्रशासन र सुरक्षा तथा सामाजिक सुरक्षा १०.८ प्रतिशत, शिक्षा क्षेत्र २.९ नौ प्रतिशत, मानव स्वास्थ्य र सामाजिक कार्य ३.८ प्रतिशत र अन्य सेवा क्षेत्र ४.४ प्रतिशतले वृद्धिदर रहने अनुमान गरिएको छ । ऋणत्मक वृद्धिदरमा भने विद्युत् ग्यास, वाफ र एयर कन्डिसनिङ क्षेत्र ३.६ प्रतिशत, निर्माण १३.४ प्रतिशत र सुचना र सञ्चार क्षेत्र १.६ प्रतिशतको वृद्धिदर रहने छ ।

मौसमी प्रभाव समायोजित तेस्रो त्रैमासिक अवधिको तुलनामा चौथो त्रैमासिक अवधिमा कुल १८ वटामध्ये १६ वटा औद्योगिक क्षेत्रको उत्पादन बढेको देखिन्छ भने दुईवटा औद्योगिक क्षेत्रको उत्पादन घटेको देखिन्छ । खानी तथा उत्खनन् क्षेत्रमा सबैभन्दा बढी २३.४ प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछयाउँदै विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान गरिएको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर नगण्य रुपमा ०.१ प्रतिशत रहेको छ ।

उत्पादन क्षेत्रको ३.६ प्रतिशत, विद्युत्, ग्यास, वाफा र ‘एयर कन्डिसिङ’ ४.२ प्रतिशत, खानेपानी र फोहोरमैला व्यवस्थापन ०.५ पाँच प्रतिशत, होलसेल तथा खुद्रा व्यापार, सवारीसाधन मर्मतसम्भार ३.५ प्रतिशत, अतिथ्य र खाना सेवा १.८ प्रतिशत, वित्त तथा बीमा क्षेत्र ३.४ प्रतिशत, घरजग्गा ०.१ प्रतिशत, व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्र ०.७ प्रतिशत, प्रशासन र सहयोग सेवा क्षेत्र १.३ तीन प्रतिशत, जनप्रशासना र सुरक्षा तथा सामाजिक सुरक्षा क्षेत्र १.७ प्रतिशत र अन्य सेवा क्षेत्रहरू ०.६ प्रतिशतको वृद्धिदर रहने छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार