नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको २० लाख ४ हजार ६६६ दशमलव ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।

कम्पनीले गत भदौ ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार