क्यापिटल म्याक्सले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने

Garima_Business-Loan3

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले ४ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २४ गते साधारण सभा पनि बोलाएको छ ।

सभा काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टमा उक्त दिन बिहान ९ बजे शुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभाका लागि तय भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार