साताको शेयर : कारोबार रकम घट्यो, बजार पूँजीकरण रकम बढ्यो

काठमाडौं । तीन दिन खुलेको शेयर बजारमा यो साता नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँले घटेको छ । यो साता तीन दिन मात्र खुलेको शेयर बजारमा कारोबार रकम १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । अघिल्लो साता कारोबार रकम २१ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक, सेनसेटिभ इन्डेक्स बढेको छ भने बजार पूँजीकरण रकम समेत बढेको छ । अघिल्लो साताको तुलनामा यो साता बजार पूँजीकरण रकम १ खर्ब २२ अर्ब ७३ करोड ९ ९ लाख रुपैयाँले बढेको हो । यो साता ४३ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ बजार पूँजीकरण रकम हुदाँ गत साता ४२ खर्ब ४२ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा यो साता सम्पूर्ण समूह सूचक बढेको छ । अघिल्लो साताको तुलनामा यो साता बैकिङ ६२, विकास बैंक १६५, वित्त १९६ , होटल र पर्यटन १४४, जलविद्युत ८९ अंकले बढेको छ । त्यस्तै समिक्षा अवधिमा लगानी ३, जीबन बीमा ३३५, उत्पादन र प्रशोधन ९७, लघुवित्त १०१, म्युअुचल फण्ड ०.२३, निर्जीवन बीमा २४७, व्यापार १०८ र अन्य समूह ४५ अंकले बढेको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार