नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, रोकिए भुर्तेलको ९२ रन

काठमाडौं । अमेरिका विरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको हो  ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा ९२ रन बनाएका थिए। नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । नेपालका अन्य खेलाडीले २ अङ्कको रन बनाउन सकेनन् । करण केसीले १ बलमा ६ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भए भने  आसिफ शेख र आरिफले १-१ रन बनाएका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार