दिन दिनै उच्च बन्दै सुनको मूल्य

काठमाडौं । सुनको मूल्यले ले आज पनि नयाँ उचाई कायम गरेको छ । हिजो शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४१ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य तोलामा एकैपटक ९५ रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ७९ रुपैयाँ तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार