पोखरामा निषेधाज्ञा जारी पाँच जना भन्दा बढी भेला हुन नपाउने

काठमाडौं । कास्की जिल्ला प्रसासन कार्यलयले कास्कीको  पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पाार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि आज (आइतबार) अदालतमा उपस्थित गराइँदैछ । यसबीचमा हुनसक्ने सम्भावित घटनाक्रमलाई ध्यानमा राखेर कास्की प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् ।

उनले स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको बताइएको छ । पूर्वतर्फ पोखराको सहिदचोक आसपासका क्षेत्र, वाई चोक (उत्तर पूर्व तर्फ मिलनचोक),  फिस्टेल गेट (वैदाम), मालपोत कार्यालय आसपासका क्षेत्रमा निषधाज्ञा जारी गरिएको हो ।

त्यस्तै, दक्षिणतर्फ मुस्ता चोकको पर्यटन वोर्डको कार्यालय अगाडी, ड्यामसाईडमा निषेधाज्ञा जारी भएको छ भने गैह्रापाटन आसपासाका क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ।

त्यस्तै, निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने प्रशासनले बताएको छ।

‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,’ निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले भनेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार