सलमान खानले गोली, बम र आगोबाट बच्ने बुलेटप्रूफ एसयूभी किने

काठमाडौं । बलिउड अभिनेता सलमान खानले भर्खरै नयाँ बुलेटप्रूफ कार किनेका छन् । राजनीतिज्ञ बाबा सिद्धिकीको हत्या र लरेन्स बिश्नोई ग्याङबाट लगातार आईरहेको धम्कीसँगै सलमान खानले बुलेटप्रूफ कार दुवईबाट आयात गरेका छन् ।

सलमान खानको बुलेटफूफ कार

रिपोर्टका अनुसार सलमान खानले करिब २ करोड भारुमा बुलेटप्रूफ निसान पेट्रोल एसयूभी (Nissan Patrol SUV) किनेका हुन् । खानसँग पहिला पनि निसान पेट्रोल भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ । यो नयाँ आर्मर्ड कार बम अलर्ट इन्डिकेटर, फायरप्रूफ ग्लास र टिन्टेड विन्डोका साथ कयौं एडभान्स सेफ्टी फिचर्सले सुसञ्जित छ ।

डिजाइन

निसान पेट्रोल बक्सी डिजाइन युक्त टफ एसयूभी हो । कारको फ्रन्टमा एलईडी डीआरएसका साथ ब्ल्याक फ्रन्ट ग्रिल छ । ब्ल्याक रुफका साथ यसमा रुफ रेल्स पनि दिइएको छ । एसयूभीको रियरमा ठूलो स्प्लिट–स्किड प्लेट्स र कनेक्टेड एलईडी टेल ल्याप छ ।

इन्जिन

निसान पेट्रोलमा पहिला ३.५ लिटर भी६ ट्विन टर्बो इन्जिनमा उपलब्ध थियो । जसले ४१९ बीएचपी र ७०० एनएमका टर्क उत्पादन गर्न सक्षम छ । यसमा ३.८ लिटर नेचुरली एस्पिरेटेड भी६ इन्जिनका साथ पनि किन्न सकिन्छ । जुन ३१२ बीएचपी र ३८६ एनएम टर्क उत्पादन गर्छ । पावरट्रेनलाई ९–स्पीड अटोमेटिक ट्रान्समिशनसँग जोड्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार