उच्च अंकले नेप्से घट्दा कारोबार रकममा वृद्धि

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजारका अधिकांश सूचकहरु राताम्मे  देखिदा  नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९१ अंकले घटेर ४८७.३९ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ३१५ वटा कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ रह्यो । जुन बिहीबारको तुलनामा ९८ करोड ७४ लाख ७० हजार रुपैयाँले बढी हो । बिहीबार ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबर करोबार रकम रहेको थियो ।

आइतबार १८ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आइतबार १३ वटा समूह सूचकहरुमध्ये १२ वटा समूह घट्दा १ वटा समूह स्थिर रहेको छ । बैकिङ १६, विकास बैंक १२७, वित्त १३८, होटल र पर्यटन १४९, जलविद्युत ७१, लगानी २, जीवन बीमा ३२९, उत्पादन र प्रशोधन १४८, र्निजीवन बीमा २०२, व्यापार ६८ र अन्य समूह ३२ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालनय रिइन्स्योरेनस, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर र न्याङ्दी ग्रुप रह्यो ।

गुडविल फाइनान्सको ४५ करोड ७ लाख, कुमारी बैंकको ३७ करोड ८७ लाख, हिमालनय रिइन्स्योरेनसको २६ करोड ५ लाख, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको २३ करोड २६ लाखर न्याङ्दी ग्रुपको २१ करोड २३ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार