वाणिज्य बैंकहरुले कमाए पौन १८ अर्ब नाफा, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले करिब पौन १८ अर्ब नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको भदौसम्म १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी लगायतका बैंकहरु रहेका छन् । नबिल बैंकले १ अर्ब ६६ करोड ग्लोबल आइएमइ बैंकले १ अर्ब ५६ करोड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड हिमालयन बैंकले १ अर्ब १६ करोड रुपैयाँ कुमारी बैंकले १ अर्ब ८ करोड नाफा कमाएको छ ।

भदौसम्म प्राइम बैंकले ९७ करोड ४६ लाख प्रभु बैंकले ९१ करोड ३२ लाख सिटिजन्स बैंकले ८८ करोड ९८ लाख कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख लक्ष्मी बैंकले ८६ करोड ४६ लाख एभरेष्ट बैंकले ८२ करोड ५५ लाख, एनएमबीले बैंकले ७८ करोड २ लाख, सानिमा बैंकले ६८ करोड ९२ लाख नाफा कमाएको छ ।

त्यस्तै भदौसम्म नेपाल बैंकले ६७ करोड ८२ लाख , स्टान्र्डड चार्टर बैंकले ६० करोड ६२ लाख, सिद्धार्थ बैंकले ६० करोड ५६ लाख , नेपाल एसबिआई बैंकले ५३ करोड ३९ लाख रुपैयाँ , नेपाल बैंक ६७ करोड ८२ लाख, नेपाल एसबिआइ बैंकले ५३ करोड ३९ लाख , एनआइसी एशिया बैंकले ५७ करोड ७५ लाख र माछापुच्छ« बैंकले ३९ करोड २४ लाख नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार साउनसम्ममा वाणिज्य बैंकहरुको नाफा ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ रहेको थियो , जुन गत आर्थिक वर्षको साउनमा भने ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

 

वाणिज्य बैंक र नाफा रकम
नबिल बैंकले १ अर्ब ६६ करोड
ग्लोबल आइएमइ बैंकले १ अर्ब ५६ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड
हिमालयन बैंक १ अर्ब १६ करोड रुपैयाँ
नेपाल बैंक ६७ करोड ८२ लाख
राष्ट्रिय वाणिज्य बैंक ८८ करोड ३ लाख
स्टान्र्डड चार्टर बैंकले ६० करोड ६२ लाख
नेपाल एसबिआई बैंकले ५३ करोड ३९ लाख
एभरेष्ट बैंकले ८२ करोड ५५ लाख
कुमारी बैंकले १ अर्ब ८ करोड
लक्ष्मी बैंकले ८६ करोड ४६ लाख
सिद्धार्थ बैंकले ६० करोड ५६ लाख
कृषि विकास बैंकले ८८ करोड ७० लाख
सिटिजन्स बैंकले ८८ करोड ९८ लाख
प्राइम बैंकले ९७ करोड ४६ लाख
एनएमबी बैंकले ७८ करोड २ लाख
प्रभु बैंकले ९१ करोड ३२ लाख
सानिमा बैंकले ६८ करोड ९२ लाख
नेपाल एसबिआइ बैंकले ५३ करोड ३९ लाख
एनआइसी एशिया बैंकले ५७ करोड ७५ लाख
माछापुच्छ« बैंकले ३९ करोड २४ लाख

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार