रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

Garima_Business-Loan3

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको हो ।

लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज (आइतबार) पेश गरिएको थियो ।

शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही राति पोखरा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार