दुई महिनामा यी पाँच वस्तु नेपालमा सबैभन्दा धेरै भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थि वर्ष २०८०/८१ को भदौ मसान्तसम्म २ खर्ब ५९ अर्ब ७४ करोड ९९ ला रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । समीक्षा अवधिमा नेपालको आयात २ अर्ब ७९ करोड २७ लाख रुपैयाँ अर्थात १.१ प्रतिशतले बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ ।

चालु आवको भदौ मसान्तसम्म् ३८ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही अवधिमा ३९ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । तर गत आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात १.१ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

दोस्रो आयात हुने वस्तुमा यातायात उपकरण, सवारी साधन र पाटपुर्जा रहेको छ । चालु आवको पहिलो दुई १५ अर्ब ६२ करोड ५२ लाख गत ११ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ बराबरको यातायात उपकरण, सवारी साधन र पाटपुर्जा आयात भएको छ ।

तेस्रो सबैभन्दा बढी आयात हुने वस्तुमा मेसिनरी तथा पाटपुर्जा रहेको छ । भदौं मसान्तसम्म १२ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बराबरको मेसिनरी तथा पाटपुर्जा आयात भएको छ ।

यस्तै रासायनिक मल ९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ र टेलिकम्युनिकेसन उपकरण र पाटपुर्जा ८ अर्ब १७ करोड ४ लाख रुपैयाँ बराबरको भदौ मसान्तसम्म आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार