नेकपा एमालेले सोध्यो पार्टीका पूर्वउपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण

काठमाडौं । आईतवार साँझ पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध गइ अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए । पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए । उनले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताएका हुन्  ।
उनले, ‘पछिल्ला घटनाक्रमका बारेमा छलफल गरेका छौँ । पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । लामो समय पार्टी नीतिसँग असहमत राखेर आफ्ना विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरुले त्यसप्रकारका गतिविधि गरिरहनुभएको छ भन्ने विषयमा स्पष्टीकरण भएको छ ।’
सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले सिफारिस गरेअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए

पार्टी कार्यलय बनाउन व्यबसायी मिन बहादुर गुरुङले दिएको जग्गा र भवन निर्माणका बिषयमा पार्टी नेतृत्वका फरक फरक अभिब्यक्ति आएपछि नेतृत्वको समान धारणा बनाउन भन्दै एमालले केन्द्रीय सचिवालयको वैठक राखेको थियो  ।

पार्टी कार्यालय बनाउनलाइ दान लिने र सिलन्यास गर्ने अघिल्लो दिन पनि एमालेले सचिवालय बैठकबाट पास गरेको थियो सो वैठकमा कसले दान दिने भन्ने विषय खुलाईएको थिएन नेताहरुले सिलन्यास स्थलमा पुगेपछि मात्र मिन वहादुर गुरुङले दान दिन लागेको भन्ने बिषय थाहा पाएको बताएका  थिए व्यावसायी मिन वहादुर गुरुङ ललिता निवास जग्गा प्रकरणमा बिषेश अदालतबाट दोसी करार भएका ब्यक्ति हुन् उनले एमाले कार्यालय बनाउने र जग्गा दिने बिषय ललिता निवासको जग्गा मुद्दालाई कमजोर वनाउन एमालेले दान लिएको र त्यसवापत उनलाई एमालेले उन्मुक्ति दिने भनेर जनस्तरमा व्यापक बिरोध भएको छ ।

हिजोको सचिवालय वैठकबाट सो जग्गा सम्वन्धी निर्णय फिर्ता हुने अपेक्षा पनि गरिएको थियो  तर एमाले वैठकले त्सको विपरित जग्गा दान र घर निर्णाण बिबादस्पद व्यावसायीबाट लिनु हुन्न भनेर आफ्नो सार्वजनिक अबिव्यक्ति दिने तिन जना नेतालाई स्पस्ठीकरण सोध्ने निर्णय गरेको छ । कतिपय कार्यकर्ता सो निर्णय चित्त नबिझेपनि पार्टी कावार्हीमा परिने डरले बोलेका छैनन भित्र भित्रै पाटी सकियो भन्ने चिन्ता गरिरहेका छन्

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार