विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाउने भएका छन् ।

विपक्षी दलहरुले विपत् पश्चात सरकारले उद्दार, राहत र  निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनि गत शुक्रबार बिपक्षी दलको वैठक राखी निर्णय गरेका थिए । बिपक्षि दलले उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित तीन सदस्यीय संयन्त्र गठन गरेका थिए प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका हुन्। आज अपरान्ह साढे ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउने बताइएको छ ।

उनीहरुलाई प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने बताएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार