मन्दाकिनी हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा , लाभांश र हकप्रद मुख्य एजेण्डा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले ११ औँ वार्षिक साधारणसभा मंसिर ७ गते काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बोलाएको छ ।

साधारणसभाले गत आर्थिक वर्ष २०८०\८१ का लागि प्रस्तावित चुक्तापुँजीको ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्ने पस्ताव रहेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।

साधारणसभाले माथिल्लो मर्दी खोला जलविद्युत आयोजना २.९ मेगावाट परियोजना निर्माण गर्ने, डल्फिन पावरमा लगानी गर्ने र बैंक ऋण भुक्तानी गर्ने लगायतका कार्य गर्न बोनस शेयर जारी पश्चात चुक्तापुँजीको १:१.२५ अनुपातमा अर्थात १२५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ । कम्पनीको पुँजी वृद्धि र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने कार्यसुची रहेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कात्तिक २८ गते बुक क्लोज गर्ने हुनेछ कात्तिक २७ सम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन्।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार